दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।
संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु. दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । तीन आर्थिक वर्षमा फरक÷फरक ठेक्का मार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दिपक सापकोटाले बताउनुभयो ।
पहिलो पटकको ठेक्का मार्फत जग्गा व्यवस्थापन र पहिलो तलाको संरचना निर्माण भएको थियो । दोस्रो ठेक्काबाट दुई तले भवन निर्माणलाई पूर्णता र तेस्रो ठेक्काले परिसरमा घेराबार, अर्को भवन निर्माण, रंगरोगन गरिएको हो ।
रु. एक करोड १८ लाख बजेट बिनियोजन भएको आर्थिक वर्ष २०७८÷०७९ मा रु. ९२ लाख ६२ हजार छ सय ६२ मा ठेक्का सम्झौता गरेको श्रमजिवी निर्माण सेवाले रु. ८४ लाख ४३ हजार ट सय ४५ भुक्तानी पाएको थियो ।
रु. एक करोड ८० लाख बजेट बिनियोजन भएको आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ४५ लाख ९३ हजार पाँच सय ४९ मा ठेक्का सम्झौता गरेको भगवती मालिका कन्ट्रक्सनले रु. एक करोड ४५ लाख ९३ हजार पाँच सय ४९ भुक्तानी पाएको थियो ।
रु. ४० लाख बजेट बिनियोजन भएको आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३४ लाख ६६ हजार तीन सय ५५ मा सम्झौता गरेको भगवती मालिका कन्ट्रक्सनलेनै रु. ३३ लाख ७७ हजार ७१ भुक्तानी पाएको छ ।
भुई तलामा स्वास्थ्यकर्मी, उपचार, औषधी भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । नयाँ भवनबाट स्वास्थ्य चौकीको सेवा सञ्चालनको तयारी गरिएको छ ।
हाल साँघुरो कोठा भएको कच्चि भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ ।