बेनीमा गोल्डस्टारको सोरुम

khali

बेनी । जुत्ता उत्पादक कम्पनी गोल्डस्टरको बेनीमा सोरुम खुलेको छ ।

बेनी नगरपालिका–८ शिक्षामार्गमा एनके कलेक्सनले गोल्डस्टारको धौलागिरीको डिलर सहितको सोरुम खोलेको हो ।

नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो सोरुम बेनीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

सोरुमको उद्घाटन गर्दै कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो । ३ सय ५० रुपैयाँ देखि ५ हजार सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने कार्कीले जानकारी दिनुभयो ।

वुधबार बिहान सोरुमको उद्घाटन गर्दै कार्कीले भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको बताउनुभयो ।

तिन दिन सम्म उक्त सोरुममा पुगेर जुत्ता चप्पल किन्ने ग्राहकले १०देखि १५ प्रतिशत सम्म छुट पाउने सोरुम संचालनक निर्मल खत्रीले जानकारी दिनुभयो । गोल्डस्टारको सबै उत्पादन सस्तो, राम्रो र टिकाउ समेत भएको खत्रीले बताउनुभयो । उहाँका अनुसार एनके कलेक्सनले दशै तिहारको अवसरमा विभिन्न किसीमका प्याकेज सार्वजनिक गरिने छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...