१४ जनाले धवलागिरी आरोहणका लागि अनुमति लिए

khali

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरी हिमाल आरोहणको अनुमति लिएकाहरुबाट रु. १६ लाख ८९ हजार तीस सलामी दस्तुर (शूल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन वटा समूहका २२ जना पुरुष र आठ जना महिलाले धवलागिरी हिमाल आरोहण गर्ने अनुमति लिएवापत रु. ७१ लाख ७० हजार सात सय ५० शूल्क संकलन भएको थियो ।

Shreekrishna hardwear in news

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल ब्यवसायी समेत रहनुभएका धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

khali

पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १० वटा हिमाल आरोहणका लागि ५४ वटा देशका ८८ जना महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनिहरुबाट रु. चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शूल्क प्राप्त भएको छ ।

शरदामा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सय सम्म सलामी दस्तुर तिर्नुपर्छ ।

शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका ३०८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरी हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र महालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सदरयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा धेरै चिनका ६१ जनाले अनुमति लिएका छन् ।

गत बसन्त याममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनिहरुले रु. ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शूल्क तिरेको विभागको वेभ साइटमा उल्लेख छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...