मालिकामा भलिबल संघ पुर्नगठन

khali

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय भलिबल संघको पुर्नगठन भएको छ ।
दरवाङमा आइतबार भएको भेलाले नरेश पुनको अध्यक्षतामा ११ सदस्यीय संघको पालिका स्तरीय समिति गठन भएको हो । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले यसअघिको कार्यसमिति निश्क्रिय भएकाले संघको पछिल्लो बैठकको निर्णय अनुसार पुर्नगठन गरिएको जानकारी दिनुभयो ।

निश्क्रीय रहेको धवलागिरी, अन्नपूर्ण र बेनी नगरपालिका स्तरीय समिति पनि पुर्नगठन गरिने अध्यक्ष बानियाले बताउनुभयो । मालिका गाउँपालिका स्तरीय भलिबल संघको उपाध्यक्षमा सागर राना (यमन), सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा र सहसचिवमा सोमबहादुर दर्जी चयन हुनुभएको छ ।

khali

सदस्यहरुमा मदन जुग्जाली, लोकेन रोका, लिलकुमारी शेरपुन्जा, सुजन पुन, एकेन्द्र श्रीपाली र निरोज पुन रहनुभएको छ । वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य छक्देवी घर्ती, रेशम गुरुङ, पुकार घर्ती, चकबहादुर बिकलाई सल्लाहकारमा चयन गरिएको छ ।

Shreekrishna hardwear in news

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा भलिबल संघ मालिका गाउँपालिकाका अध्यक्ष मुक्तमान केसीको पनि उपस्थिति रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...