५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

khali

सुरेन गुरुङ
मार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ ।

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पुर्वमन्त्री तथा संविधानसभा सदस्य रोमी गौचन थकालीले उद्घाटन गर्नुभयो । प्रतिनिधीसभा सदस्य योगेश गौचन र पुर्व सांसद तथा संस्थाका पुर्व अध्यक्ष प्रेमप्रसाद तुलाचनले संयुक्त रुपमा झण्डोत्तोलन गर्नुभएको थियो । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो ।

“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहाँसिक र सांस्कृतिक महत्व छ,” उहाँले भन्नुभयो “पुरुष, महिला भलिबल, तारा खेल (घनुषवाण) (४० वर्ष माथिका) र आर्चरी (खुल्ला), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”

Shreekrishna hardwear in news

छ वटा क्लवले सहभागिता जनाएको पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख ५० हजार र रु. एक लाख पुरस्कार प्रदान गरिनेछ् । तीन वटा क्लव सहभागी महिला भलिबलको बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित रु. एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

khali

धनुुषवाण र आर्चरीमा बिजेतालाई रु. ५० हजार र उपबिजेतालाई रु. २५ हजार प्रदान गरिने संघले जनाएको छ । मार्फाको मिलिजुली युवा क्लव सहआयोजक रहेको प्रतियोगिता अन्तर्गत कृषि मेला प्रर्दशनी पनि आयोजना भएको छ ।

नृत्य प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. ३५ हजार, २५ हजार र १५ हजार नगद सहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको ¥यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो ।

संस्थाका पूर्व अध्यक्ष तथा प्रतिनिधीसभाका पुर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्व सचिव राजु लालचन, आर्चरीका अन्तराष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको तीन वटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्वव मार्फासँगै पराजित भएको निलगिरि युवा क्वव टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लव ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लव कोवाङले निर्मल स्पोट्र्स क्लव लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो ।

महिला भलिबलमा निलगिरी युवा क्लवले राष्ट्रिय टिमका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफीया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्ववले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...