बेनी, । पहिलो पटक ब्यवसायिक रुपमा रेकर्ड भएको सालैजो गित पानी खायो बाघैले… को म्युजिक भिडियोको नयाँ भर्सन सार्वजनिक भएको छ ।
लोकगायक खड्ग गर्बुजाले वि.स. २०५३ मा नेपालमै पहिलो पटक पानी खायो बाघैले बोलको सालैजो गित रेकर्ड गराउनु भएको थियो । गर्बुजाले रेकर्ड गराउनुअघि धौलागिरि क्षेत्रमा प्रचालित सालैजो भाका स्थानीय स्तरमै सिमिति थियो ।
म्याग्दी जेसीजले नयाँ भर्सनमा तयार पारेको पानी आयो बाघैले… बोलको गितको म्युजिक भिडियो म्युजिक नेपालको युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको छ । खड्ग गर्बुजा, मिना गर्बुजा, निता पुन, निरा मगरको स्वर रहेको गितको शब्द र संगित खड्ग गर्बुजाको हो ।
बिबि अनुरागीको संगित संयोजन रहेको गितको म्युजिक भिडियोको निर्देशन डिके चोचाङ्गी पुनले गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा सन्तोष पिठाकोटे मगरले छायांकन गर्नुभएको म्युजिक भिडियोमा शेखर घर्तिमगर, मिलन थापामगर, खम थापामगर लगायत कलाकारहरुले अभिनय गर्नुभएको छ ।
https://www.youtube.com/watch?v=Idn5e8bOYjc