मल्लाजमा वडा दशै मेला

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मल्लाज,। पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा वडा दशै पर्वको अवसरमा यही असोज १४ देखि २५ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

मल्लाजको हिमशुसेली युवा क्लवले कोतघर परिसरमा पुरुष भलिबल, बास्केटबल, बाल भलिबल, पौद्ध भलिबल, छेलो र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख एक हजार पाँच सय ५५ र उपबिजेतालाई ५१ हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष सागर लामिछाने क्षेत्रीले बताउनुभयो ।

Shreekrishna

पुरुष बास्केटबलमा बिजेता र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ र रु. २७ हजार सात सय ७७, पौद्ध भलिबलको बिजेतालाई रु. ५१ ह्जार एक सय ११ र उपबिजेतालाई रु. २७ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने भएको छ ।

उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, बलकर, डिफेण्डर, सर्भरलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गित र नृत्य प्रस्तुत हुने मेलाको तयारी तिब्र बनाएको क्लवले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...