जोमसोममा बसपार्क सञ्चालन

Gandaki Kotihome

जोमसोम, ः १८ वर्षअघि सडक सञ्जालमा जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ ।

वि.स. २०६३ चैतमा सडक सञ्जालमा जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क दुई वर्षअघि सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नम्बर –४ जोमसोममा बसपार्क निर्माण भएको थियो ।

यातायात ब्यवसायी र सर्वसाधारणले सडक छेउमै सवारी साधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नुका साथै दुर्घटनाको जोखिम बढेको थियो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएको र लामो तथा छोटो दुरीका सवारी साधन बसपार्कमा पार्किङ गराउन थालेको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्रै पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “बजार भित्र यात्रु चढाउने र ओराल्ने गर्न पाउने गरि नीजी तथा पर्यटक सवारी साधनलाई पनि अनिवार्य बसपार्क प्रयोग गर्नुपर्ने नियम लागू गराउन कडाई गरेका छौ ।”

Annapurna aarohan ko notice

गाउँपालिकाले प्रतिस्पर्धा मार्फत जोमसोमका सुरेश थकालीलाई रु. २० लाखमा एक वर्षका लागि बसपार्क सञ्चालन र ब्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको छ । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको ब्यवस्था मिलाइएको र टिकट काउन्टर पनि रहेको छ ।

जोमसोमको प्रवेशद्धार स्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले रु. ४८ लाख खर्चेर निर्माण गरेको बसपार्कमा करिब एक सय वटा बस, जिप, ट्याक्सी अटाउँछन् । सहरी विकास तथा भवन आयोजना बागलुङले रु. दुई करोड ५० लाखको लागतमा जोमसोम देखि ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण भएको बसपार्कमा एक सय ५० वटा सवारी साधन पार्कीङ गर्न सकिन्छ ।

वि.स. २०७३ मा निर्माण शुरु भएको यो बसपार्क २०७९ मा सम्पन्न र २०८० मा गाउँपालिकालाई हस्तान्तरण भएको थियो । थप रु. ३० लाख लगानी गरेर बसपार्कमा आवश्यक पूर्वाधार विस्तार र मर्मत गरि सञ्चालनमा ल्याएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो ।

बसपार्क प्रयोग गरेवापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा रु. २५ शुल्क तोकिएको छ । हलुका सवारी साधनलाई रु. १५ र मोटरसाइकललाई प्रतिघण्टा रु. १० का दरले शुल्क तोकिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...