गलेश्वरमा पदमार्ग निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पदमार्ग निर्माण भएको छ ।

गलेश्वर सानो सल्लेरी बन उपभोक्ता समूहको आर्थिक सहयोगमा स्थानीयबासीहरुले गलेश्वर स्थित बेनी–जोमसोम सडक देखि मन्दिर परिसरमा जाने रेलिङ सहितको पक्की पदमार्ग गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गलेश्वरको सार्वजनिक शौचालय देखि मुल सडकमा पुग्ने उकालोमा करिब ४५ मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव टिका पुर्जाले बताउनुभयो । पदमार्ग निर्माण भएपछि स्थानीयबासीका साथै तिर्थयात्री, भक्तजन र पर्यटकहरुलाई सहज भएको छ । घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको छ ।

Shreekrishna

पदमार्ग निर्माणका लागि वन उपभोक्ता समूहले रु. एक लाख ५५ हजार पाँच सय ५० र गलेश्वर शिवालय क्षेत्र विकास कोषले एक सय ३४ थान छपनी ढुंगा उपलब्ध गराएको पुर्जाले बताउनुभयो । पदमार्ग निर्माणका लागि हर्कबहादुर बानियाको अध्यक्षतामा देवीलाल छन्त्याल, मोहनबहादुर मल्ल लगायत सहभागी उपभोक्ता समिति गठन भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...