
बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सूचना प्रविधी विषय पढ्ने विद्यार्थीहरुको आयोजनामा सोमबार सूचना प्रविधी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सात वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटल गार्डेन एकेडेमी प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दृतीय, बेनी सामुदायिक मावि तृतीय र प्रकाश मावि सान्तवना भएका छन् ।

सूचना प्रविधीमा विद्यार्थीहरुको ज्ञान र आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता गरेको आयोजकले जनाएका छन् । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले म्याग्दी क्याम्पसले सूचना प्रविधी विषयमा उच्च शिक्षाको पठनपाठन गराएर विद्यार्थीहरुलाई सहज भएको बताउनुभयो ।

समय अनुसार सूचना प्रविधीको महत्व बढेको उहाँको भनाई थियो । क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा सूचना प्रविधी विषयको पाँचौ सेमेस्टार सम्मको कक्षा सञ्चालन भएको छ । ३० जना विद्यार्थीहरुलाई सूचना प्रविधी विषय अध्ययन गरिरहेका सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले बताउनुभयो ।
