बेनी–मालढुङ्गा सडकको क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुर्ति वितरण शुरु

khali

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुुर्ति वितरण थालिएको छ ।

१३ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि आयोजना शुरु भएको चार वर्षपछि क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन क्षतिपुुर्ति वितरण गर्न थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईले ११ मिटर फराकिलो सडकको क्षेत्राधिकारमा पर्ने ६३ वटा घरटहराका धनीहरुलाई क्षतिपूर्ति वितरण शुरु भएको जानकारी दिनुभयो ।

“भदौ २७ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको बैठकले क्षतिपुुर्तिको दर निर्धारण गरेपछि २८ गतेदेखि लागू हुने गरि क्षतिपुर्ति बुुझ्न र घरटहरा भत्काउन १५ दिने सार्वजनिक सूचना जारी गरिएको छ,” उहाँले भन्नुभयो “सडकको विच भागबाट पाँच दशमलब पाँच मिटर दायाँ र बाँया पर्ने घरटहरा भत्काउन प्रक्रीया थालिएको हो ।”

Shreekrishna hardwear in news

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । उनिहरुलाई कुुल रु. ७९ लाख ७३ हजार क्षतिपूर्ति निर्धारण गरिएको छ ।

सडक अन्तर्गत पर्ने पर्वत बेनी बजारको तीन सय मिटर दुरीलाई भने तत्काललाई छाडिएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउनुभयो । घरटहरा नभत्काउदा बस्तिभित्र मापदण्ड अनुसार सडक विस्तार गर्ने काम हुन सकेको थिएन् ।

गण्डकी प्रदेशको लाइफलाइन (भाग्यरेखा) मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजना अन्र्तगत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।

khali

२०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर वि.स. २०७९ कात्तिक देखि सडक निर्माणलाई सुस्त बनाएका थियो ।

ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न वि.स. २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

विसं २०८० असोज महिनामा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको म्याद रहेको छ । सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

सडक फराकिलो, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको मालढुङ्गा देखि फर्से सम्मको ५ किलोमिटर दुरिमा कालोपत्र गर्न सब बेस बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्से देखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको काम भैरहेको छ ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोम लगायत म्याग्दीका दुरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधी, निजी क्षेत्र, नागरिक समाजले सहजिकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...