बेनीमा बजार अनुगमन

Gandaki Kotihome

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ ।

Notice about ban dadalo

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताले बताउनुभयो ।
बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको, मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । करिब चालिस हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।

दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा उद्योग तथा पर्यटन कार्यालय प्रमुख पोषानाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...