जलजलामा टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

Gandaki Kotihome

बेनी । पर्वतको जलजला गाउँपालिकाले टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ ।

जेष्ठ नागरिकको नसर्ने रोगको अवस्था पहिचान गरि परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

Annapurna aarohan ko notice

जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन गरेको बताउनुभयो । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको स्वास्थ्य समस्या र आवश्यकता पहिचान गरि सहायता सामग्री र औषधी सहयोग गरिने उहाँले बताउनुभयो ।

Upper Myagdi transmition line notice

नियमित सेवन गर्ने औषधी, रक्तचाप, पिसाव परिक्षण, रगतमा गुल्कोजको मात्रा, पोषणको अवस्था, आँखा, कान, स्मरणशक्ति, गतिशिलता लगायतका विषयमा परिक्षण गर्न थालिएको स्वास्थ्य शाखा संयोजक मल्लले बताउनुभयो । जेष्ठ नागरिकको नसर्ने रोगको स्कृनिङ शिविरका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. छ लाख बजेट बिनियोजन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...