जलजलाको वार्षिक समिक्षा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

लामाखेत । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहका विषयमा मंगलबार लामाखेतमा समिक्षा गरेको छ ।

गाउँपालिका र मातहतका शाखा तथा वडा कार्यालयहरु मार्फत कार्यान्वयन भएका योजना तथा कार्यक्रमको उपलब्धी, समस्या र चुनौति तथा समाधानका उपायका विषयमा समिक्षाका साथै छलफल भएको हो ।

अघिल्लो आर्थिक वर्षमा भएका उपलब्धी सार्वजनिकरण, समस्याको पहिचान र समाधानका उपायका विषयमा कार्यक्रममा जनप्रतिनिधी तथा कर्मचारीहरुबीच छलफल भएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी भेषनाथ आचार्यले गर्नुभएको थियो । जलजलामा पूर्वाधार निर्माण सम्बन्धी ३०० वटा योजनाहरु रहेकामा सबै कार्यान्वयन भएका थिए । सडक निर्माण, स्तरोन्नति, पदमार्ग, भवन, सिचाई, खानेपानी, खेलमैदान लगायतका आयोजनाहरु धेरै थिए ।

आर्थिक वर्षको पहिलो चौमासिकमै योजनाको सर्वेक्षण, लागत अनुमान तयार पार्ने र उपभोक्ता समिति गठन तथा ठेक्का प्रक्रीया अघि बढाएकाले लक्ष्य अनुसारनै योजना कार्यान्वयन भएको बताउदै यस वर्ष पनि शतप्रतिशत योजना कार्यान्वयन गर्ने तयारीमा लाग्न उपाध्यक्ष आचार्यले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गत वर्ष कुल रु. ४९ करोड ८५ लाख ४६ हजार ५४५ बजेट बिनियोजन भएकोमा रु. ४४ करोड ४७ लाख ८८ हजार ३६९ खर्च भएको थियो । लेखा शाखाका प्रमुख महेन्द्र सुवेदीका अनुसार पुजिगत शिर्षकमा रु. १३ करोड २३ लाख ८० हजार बिनियोजन भएकोमा रु. ११ करोड २४ लाख ९५ हजार ६७३ अथवा ८४.९८ प्रतिशत खर्च भएको छ ।

चालु शिर्षकमा बिनियोजन भएको रु. ३६ करोड ६१ लख ६६ हजार ४४५ मध्य ९०.७५ प्रतिशत अथवा रु. ३३ करोड २२ लाख ९२ हजार ६९६ खर्च भएको छ । खनियाघाट–डमुवाखोला–नाग्लीवाङ, मल्लाजमा अस्पताल भवन, गण्डकी गोपाल गौशाला, लामाखेतको आवास तथा भण्डारण भवन गत आर्थिक वर्षमा जलजला गाउँपालिकाले सञ्चालन गरेका प्राथमिकता प्राप्त आयोजनाहरु हुन् ।

गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले गत वर्ष एक किलोमिटर दुई सय ४८ मिटर सडक आरसिसी र पिसिसी ढलान गरेर पक्कि बनाएको, तीन किलोमिटर सात सय ६० मिटर पदमार्ग निर्माण, छ सय असी मिटर सडकमा सोलिङ, १४ वटा सामुदायिक भवन, दुई वटा स्वास्थ्य चौकीको भवन, तीन सय ४५ मिटर सडक नाला र दुई सय ७० मिटर सिचाई नहर निर्माण भएको बताउनुभयो । एक किलोमिटर एक सय मिटर नयाँ सडकको मार्ग खोलेको छ ।

शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार भएको र छपाइको तयारी गरेको, कार्यसम्पादनका आधारमा छ वटा विद्यालयलाई अनुदान दिएको बताउनुभयो । स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको, सुत्केरीलाई घिउ र अण्डा वितरण गरिएको, बाँसखर्क, मल्लाज, नाग्लीवाङ स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरेको र एक सय ४९ जनालाई ग्रामिण अल्ट्रासाउण्ड सेवा उपलब्ध गराएको बताउनुभयो ।

कृषि शाखाका प्रमुख राजुप्रसाद गौतमले कृषकले उत्पादन गरेको आलुको विउ खरिद गरेको, टोल विकास संस्था मार्फत बिरुवा वितरण गरेर प्याज खेती प्रर्वद्धन गरेको र डमुवाखोलामा चिस्यानगृह बनाउने तयारी भएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...