बैसरीमा पहिरो रोकथामका लागि ‘रक एंकरिङ’

khali

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा नयाँ प्रबिधीको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एंकरिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सव–ईञ्जिनियर सोहनजंग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाइ पर्खाल निर्माणका साथै जमिन बग्न नदिनका लागि जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।

“पहिरो रोकथामका लागि हामीले नयाँ प्रबिधीको प्रयोग गरिएको छ,” उहाँले भन्नुभयो “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एंकरिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” अधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा गेगर खस्दा सवारी साधन पुरिने, यात्रुको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एक जनाको ज्यान गएको र एक वटा सवारी साधन पहिरोले पुरिएको थियो ।

Shreekrishna hardwear in news
khali

गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर माथिबाट खस्ने पहिरो रोक्ने संरचना बनाइएको सव ईञ्जिनियर कार्कीले बताउनुभयो ।

पहाडको डिलमा ८५ देखि १.२ मिटर गहिरो प्वाल बनाएर रड राखि दुई ठाउँमा ७७.५ मिटर लामो एक देखि १.५ मिटर अग्लो कंक्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ । पर्खाल भन्दा माथिको पाखोमा बग्ने किसिमका ठूला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताउनुभयो ।

“शरिरमा रसी बाँधेर भिरमा ड्रिल गरेर प्याल पारि रड राख्ने र ढलान गरिएको हो,” उहाँले भन्नुभयो “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरहरुले करिब दुई महिना लगाएर एंकरिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”
भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोखिएको पहिरो यसपालीको बर्खाको शुरुवातसँगै पुन ः खस्न थालेको थियो ।

पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एंकरिङ र नेलिङ प्रबिधीको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो । वि.स. २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...