म्याग्दीकी कृष्टिनालाई मिस मगरको उपाधी

khali

पोखरा, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् ।

एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले मस्ट चार्मिङको अवार्डसमेत हात पारिन् । फस्ट र सेकण्ड रनर अप पनि म्याग्दीकै भए । म्याग्दीका आशिका गर्बुजामगर फस्र्ट रनरअप र सेकेन्ड रनरअप नरिशा पुनमगर घोषित भए । उनीहरुले क्रमशः जनही ५० र २५ हजार प्राप्त गरे । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिपको उपाधि हात पार्दा नरिशाले फोटो जेनिक अवार्ड थापिन् ।

थर्ड रनरअप महोत्तरीको गौशालाकी रश्मी आलेमगर भइन् । १५ हजार हात पारेकी विधागतमा मस्ट ट्यालेन्टेड र बेस्ट पर्सनालिटी पनि बनिन् । भ्यूअर च्वाइसमा स्याङ्जाको वालिङकी माया दर्लामीमगर बनिन् । उनले मस्ट फ्रेन्ड्ली उपाधिसमेच चुमिन् ।

Shreekrishna hardwear in news
khali

टिम संयोजक प्रियंका गर्बुजामगरका अनुसार मोस्ट डिस्प्लिन जानकी रास्कोटीमगर, बेस्ट टे«नी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट दिपीका आलेमगर भइन् । मस्ट डेडिकेटेड अस्मिता बुढामगर, मस्ट पपुलर र क्रियटिभ सरिता थापामगर, इन्थुजियास्टिक जेरुशा पुनमगर बनिन् ।

मुख्य निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर तथा निर्णायकमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजक उमेश दर्लामीमगर थिए । सो अवसरमा ३ असोजदेखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’ का कलाकार धीरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायत उपस्थित थिए ।

सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरले कोरियोग्राफी गरेका थिए । नेपाल मगर संघ कास्की संरक्षकत्वमा भएको कार्यक्रममा निट डेन्टल केयरलगायतले प्रायोजन गरेको एसटी क्रियशनका कार्यकारी निर्देशक सुरज थापाले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...