कार्य सम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

khali

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।

पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प्रभाव भएका सेवा र सञ्चालन गरिएका गतिबिधिहरुको समिक्षा गरिएको हो ।

कार्यक्रम कार्यान्वयनको उपलब्धी, चुनौति र समाधानका उपायका साथै चालु आर्थिक वर्षका कार्यक्रमको विषयमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुबीच छलफल समेत भएको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news

समिक्षा कार्यक्रममा कार्यसम्पादनका आधारमा गत आर्थिक वर्षमा नारच्याङ र भुरुङ्ग तातोपानी स्वास्थ्य चौकी प्रथम, घार स्वास्थ्य चौकी दृतीय र दाना स्वास्थ्य चौकी तृतीय भएको घोषणा गर्दै सम्मान गरिएको थियो ।

khali

यसैगरी आधारभूत न्युनतम सेवा प्रवाह मापदण्डको आधारमा जिल्ला प्रथम भएको शिख स्वास्थ्य चौकी (८९ प्रतिशत), जिल्ला दृतीय भएको भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी (८४ प्रतिशत) र तृतीय घार स्वास्थ्य चौकी (८२ प्रतिशत)लाई पनि सम्मान गरिएको थियो ।

गत आर्थिक वर्षमा लक्षित उमेर समुहका सबैले खोप लगाएको र घरमा प्रसुति हुनेको संख्या शून्य कायम हुनुलाई अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उपलब्धी मानेको छ । भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुरु गरिएको र दाना स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको छ ।

चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर रु. ९१ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । स्वास्थ्य सचेतनाका लागि प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि बजेट व्यवस्थापन भएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्णका ८ वटै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख, जनप्रतिनिधी, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, वनहार्टका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...