बेनी, । बेनी नगरपालिका र जलजला गाउँपालिकाका शिक्षकहरुलाई पठनपाठन क्रियाकलापमा प्रबिधिको प्रयोग सम्बन्धी अभिमुखी करण गरिएको छ ।
बेनीको प्रकाश माविमा सोमबार बिटेक आइटी सोलुुसनले आयोजना गरेको कार्यक्रममा कक्षा कोठालाई कसरी स्मार्ट बनाउने, स्मार्ट बोर्डको प्रयोग र विज्ञान प्रयोगशालालाई प्रबिधिमैत्री हिसाबले प्रयोग गर्ने विषयमा अभिमुखीकरण गरिएको हो ।
प्रकाश माविका साथै बेनी बजार आसपासका निजी समेत र जलजला गाउँपालिकाको मल्लाजका ५० जना शिक्षकहरुको सहभागिता रहेको थियो । बेनीको प्रकाश माविले जिल्लामै पहिलो पटक नमुनाको रुपमा स्मार्ट बोर्डको प्रयोगबाट पठनपाठन गराउन थालेको छ ।