जोमसोम, मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धौलागिरि युवा क्लवले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्याराफिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुुभयो ।
“आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्याराफिट बनाएका छौ,” उहाँले भन्नुभयो “यसअघि ५० मिटर लम्बाई भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।”
खेलमैदान निर्माण भएपछि धुलो र हिलोमा खेल अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धौलागिरी युवा क्लवका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो । फुर्सदको समयमा युवायुवतिहरुलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिताहरु आयोजना गर्नका लागि पनि सहज हुुने गौचनले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदानको अभावमा खेल प्रतिभाहरुले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०÷०८१ मा बजेट ब्यवस्थापन गरि कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुुभयो ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रम मार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।