मिना परियार हत्या प्रकरणका सबै आरोपी पक्राउ

Gandaki Kotihome

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहिबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनामा संलग्न चार जना यसअघिनै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । वि.स. २०८० पुष १६ गते रातीदेखि वेपत्ता १९ वर्षीया मिना परियारको शव २०८१ साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमुलको जंगलमा भेटिएको थियो ।

Upper Myagdi transmition line notice

व्यक्ति वेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । छ महिनाको गर्भ पतन गराउने विषयमा मिना र राम बीच म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएकै दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

Annapurna aarohan ko notice

गाडीएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडालाई मिनाको भएको सनाखत गरेका परिवारले गत साउन ३० गते राम सहित उनकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । फरक÷फरक मितिमा पक्राउ परेका रेणु, विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

“पहिले व्यक्ति वेपत्ता बनाएको कसुरमा मुद्दा चलाएपनि भेटिएको शबको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ,” उहाँले भन्नुभयो “मिनासंगको प्रेम सम्वन्ध स्विकार गरेका मुख्य आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने वेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएका छन् ।”

चिकित्सकको शव परिक्षण, बिधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानी लगायतका तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शब महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुण समेत रहेको पुष्टी भएको छ । घटनाको थप अनुसंधान गर्नका लागि डिएनए परिक्षणका लागि प्रहरीको विधी विज्ञान प्रयोगशालामा पठाइएको छ ।

मिना परियार हत्या घटनाको सत्य, तथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रर्दशन भइरहेको छ । बिहिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा बेनी बजारमा भएको दवाव ¥यालीपछिको कोणसभाका वत्ताहरुले अन्तरजातीय प्रेम सम्वन्ध हुँदै गर्भवती बनाएर नियोजित रुपमा मिनाको हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...