सिरुवारीको पहिरोमा दुर्घटनाको जोखिम

khali

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।
कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडक माथिबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सवईञ्जिनियर सोहनजंग कार्कीले गत वर्षदेखि सिर्जना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो । “करिब एक किलोमिटर माथि देखिको पाखो पहिरोमा बगेको छ,” उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।”

आकाशबाट पानी पर्ने बित्तिकै पाखोबार ढुङ्गा, लेदो र गेगर सहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारी साधन फस्ने, गुुडिरहेका सवारी साधनमाथी ढुङ्गा खस्ने, यात्रुलाई चोटपटक लाग्ने जोखिम छ ।

Shreekrishna hardwear in news
khali

यही भदौ ४ गते पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिदा दुई जना यात्रा घाइते भएका थिए । पहिरोले सँयौ रोपनी खेतीयोग्य जमिन र जंगल नष्ट भएको छ ।
सवारी चालक तम परियारले त्रासै त्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब ५०० मिटर सडक पहिराले छिया छिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीहरुलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

सिरुबारी, महभिर, बैसरी, गुइठेभिर लगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगंगा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् ।

ति ठाउँहरुमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रबकुमार झाले बताउनुभयो ।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दिर्घकालिन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दिर्घकालिन काम गर्न नसकेको झाले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...