बाढीले गाडी बगायो, भवन, सडकलगायत भौतिक संरचनामा क्षति

khali

बेनी, ः म्याग्दीको बेनी बजार आसपासका क्षेत्रमा शनिबार राती परेको भिषण वर्षापछिको बाढीले विद्यालय, जेष्ठ नागरिक आश्रमको भवन, सडकलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा देखि बेनीतर्फ आउँदै गरेको ग २ च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडक अन्र्तगत बेनी नगरपालिका–१ हुलाकेको खोल्सामा आएको बाढीले बगाएको छ ।

यात्रु र चालकले भागेर ज्यान बचाएका छन् । बाढीले जिप बगाएर सडक देखि ५ मिटर तल खसालेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँच कोठे भवनको कक्षा कोठाभित्र बाढी पसेर पुरिएको छ ।

Shreekrishna hardwear in news

शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायव उपरिक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तितर्फ सोझिदा विद्यालयसँगै रहेको पुलह पुलत्स्य अन्नक्षेत्र र गलेश्वर जेष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको हो ।

khali

रातीनै बाढी तर्काएका शसस्त्र प्रहरी, स्थानीय बासीहरु बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउने काममा जुटेका प्रनाउ नेपालले बताउनुभयो । बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्धार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति पु¥याएको छ ।

बाढी र पहिरोका कारण म्याग्दीका प्रमुख सडकहरु अवरुद्ध बनेका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वर, सिरुबारी, कुनौटा, गुइठे, खामभित्ता, बेनी–दरवाङ सडक अग्नीखेत, सिंगा, घुमाउनेभिर, लाम्पाटा र बाङ्गे पहिरोमा अवरुद्ध बनेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध भएको पर्वत बेनी प्रहरी चौकीले जनाएको छ । सम्बन्धीत स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनको लागि समन्वय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्क बिच्छेद भएको छ । बेनी र आसपासको क्षेत्रमा शनिबार राती ८ बजेदेखि आइतबार बिहान ३ बजेसम्म भिषण बर्षा भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...