स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा बेनी र गैडाकोट गण्डकीमा पहिलो, जलजला दोस्रो

Add Samajik bikash office

बेनी, ७ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा म्याग्दीको बेनी र नवलपुरको गैडाकोट नगरपालिका बराबर अंक सहित गण्डकी प्रदेशमा पहिलो तथा पर्वतको जलजला गाउँपालिका दोस्रो बनेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८१ मा गरेको स्वमूल्यांकन प्रणाली (लिजा)मा बेनी नगरपालिका र जलजला गाउँपालिकाले गण्डकी प्रदेशमा रहेका ८५ वटा स्थानीय तह मध्य उत्कृष्ट नतिजा ल्याएका हुन् । बेनी र गैडाकोट नगरपालिकाले बराबर ८७÷८७ अंक प्राप्त गरेका छन् । जलजला गाउँपालिकाले ८६ अंक सहित गण्डकीमा दोस्रो भएको छ ।

हरेक क्रियाकलाप व्यवस्थित अभिलेखीकरण गरेका कारण गण्डकी प्रदेशमा पहिलो बन्न सफल भएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो । आर्थिक वर्षभर पालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रम, गाउँसभाका निर्णय, कार्यपालिका बैठकका निर्णय, गाउँपालिकाको बजेट खर्च, कर्मचारीले सम्पादन गर्नुपर्ने क्रियाकलाप लगायतका कार्यको व्यवस्थित अभिलेख राखेका कारण यो नतिजा आएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले गण्डकी प्रदेशमा पहिलो नतिजा ल्याउन सहयोग गर्ने सबैमा धन्यवाद दिँदै खुसी व्यक्त गर्नुभएको छ । गाउँपालिकाहरुमा जलजलाले ल्याएको अंक बढी हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले प्राप्त नतिजाले उत्साहित बनाएको बताउदै आगामी दिनमा अझै राम्रो गर्ने प्रयासमा रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिले ९२.५ अंक सहित पहिलो भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले ९२ र चितवनको रत्ननगर नगरपालिकाले ९१.५० अंक प्राप्त गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ७१, मालिका गाउँपालिकाले ६६.७५, रघुगंगा गाउँपालिकाले ६२.२५, धवलागिरी गाउँपालिकाले ६२ र मंगला गाउँपालिकाले ६१.५० अंक प्राप्त गरेका छन् ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्र शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।

ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अंक निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धीहरूका बारेका लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान, विकास र सुशासनमा देखिएका कमी कमजोरी स्वमूल्यांकन गर्ने गर्दछ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...