युवति वेपत्ता बनाई हत्या गर्नेलाई कारबाहीको लागि दवाव

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको बेनी नगरपालिका –९ घतानकी १९ वर्षीय मिना परियारलाई वेपत्ता बनाई हत्या गर्ने घटनामा संलग्न सबैलाई पक्राउ, सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बेनीमा प्रर्दशन भएको छ ।

दलित एकता सञ्जाल, परियार सेवा र मिजार समाज म्याग्दीले आयोजना गरेको ¥यालीले बेनी बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

परिवार सेवा समाज म्याग्दीका अध्यक्ष प्रेम परियारले गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवति अवस्थामा वेपत्ता बनाइ हत्या गरिएकी मिनाको कंकाल भेटिएपनि सबै आरोपीलाई पक्राउ गरि अनुसन्धानमा ढिलाई भएकाले दवाव दिन कार्यक्रम गरिएको बताए ।

Shreekrishna

‘छ महिनाकी गर्भवति मिनालाई वेपत्ता बनाउने उनका प्रेमी राम खत्री लगात पाँच जना विरुद्ध किटानी जाहेरी दिएका छौ,’ मिनाकी भाउजु कमला बर्देवाले भनिन् ‘जंगलमा गाडिएको अवस्थामा भेटिएको कंकाल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिएपनि प्रक्रीयाको बाहनामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।’

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गत साउन २७ गते बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंगलमा गाडीएको अवस्थामा भेटिएको मानव कंकाल, सुनको सिक्री, कपडा र चप्पल वि.स. २०८० पुष १६ गते देखि बेपत्ता मिनाको भएको पहिचान गरेका आफन्तले साउन ३० गते प्रेमी राम खत्री लगायत पाँच जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरि हिरासतमा राखिएको र एक जना फरार रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । गंगटा खोज्न गएकाहरुले गाडिएको अवस्थामा मानव कंकाल देखेपछि जनप्रतिनिधी मार्फत प्रहरीलाई खबर गरेका थिए ।

मिनाका प्रेमी भनिएका रामलाई कंकाल भेटिनुअघिनै पक्राउ गरि अदालतको आदेश अनुसार र्पुपक्षका लागि कारागार चलान गरिएको थियो । बिधी विज्ञान प्रयोगशालामा पठाइएको कंगाल, सामग्री र शव परिक्षण प्रतिवेदनको आधारमा अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताए । शव परिक्षण र प्रयोगशालाको प्रतिवेदनको प्रतिक्षामा रहेको उहाँले बताउनुभयो ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मानव कंकालको परिक्षण गरेर मिनाका आफन्तलाई बुझाइएको थियो । आफन्तहरुले कंकाललाई सदगद नगरी बेनी अस्पतालको शव गृहमा राखेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...