किसानलाई अनुदान बाड्न म्याग्दीमा रु. नौ करोड बजेट

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका किसानहरुलाई अनुदान वितरण गर्न रु. नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गतका कृषि ज्ञान केन्द्रमार्फत रु. तीन करोड ३३ लाख, २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु. दुई करोड ५२ लाख २१ हजार र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमा रु. तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका कृषकहरुले पनि सुविधा पाउनेछन् । कुल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचना मार्फत प्रस्ताव आव्हान गरेका छन् ।

Shreekrishna

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रमलाई रु.एक करोड २० लाख छ हजार, फलफुल बालि विकास र रैथानेबाली प्रर्वद्धन आयोजनाका लागि रु. २१÷२१ लाख, तरकारीबाली प्रर्वद्धन आयोजनाका लागि रु. १५ लाख पचास हजार, पोषण सुरक्षण कार्यक्रमका लागि रु. २० लाख, सुन्तलाजात फलफुल विकास आयोजनालाई रु. ६७ लाख बिनियोजन भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरि जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताउनुभयो । पशुहरुलाई पूर्ण खोप कार्यक्रमका लागि सबै भन्दा बढी रु. ८० लाख बजेट प्राप्त भएको छ ।

यसैगरी बृहत्तर पशु विकास प्रर्वद्धन कार्यक्रमलाई रु. २० लाख, दूध उत्पादक कृषकलाई अनुदानका लागि रु. १० लाख, कृतिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पडाडाडी हुर्कोउने किसानका लागि रु. तीन लाख, घुम्ति गोठ संरक्षणका लागि रु. चार लाख, बाँझो जग्गामा घाँस खेती गर्नेलाई रु. पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान रु. एक लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि रु. तीन लाख बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत बिक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिचाई सुविधा विस्तारका लागि रु. ६० लाख बिनियोजन भएको जानकारी दिनुभयो । बंगुरपालक किसानहरुका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रीकरण र मासु पसल सुधारका लागि रु. १८ लाख, सुन्तला जोन कार्यक्रम मार्फत सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि रु. १६ लाख, कृषि उपज संकलन केन्द्रलाई रु. आठ लाख, बजारीकरणका लागि रु. १५ लाख र यान्त्रीकरणका लागि रु. दश लाख बजेट प्राप्त भएको छ ।

पूर्वाधार निर्माण सम्बन्धि कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बिउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...