पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यबिधीको मापदण्ड र प्रक्रिया पुरा गरेर बालश्रममुक्त घोषणाका लागि वडा स्तरमा सचेतनामुलक कार्यक्रम गरिएको छ । पहिलो चरणमा अन्नपूर्णमा रहेका तीन हजार एक सय १५ घरधुरी मध्य एक हजार एक सय घरमा बालश्रमको अवस्थाका विषयमा नमुना सर्वेक्षण गरिएको थियो ।
अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले नमुना सर्वेक्षण गरिएको घरधुरीमा बालश्रमिक नभेटिएको बताउनुभयो । “सर्वेक्षणपछि बालश्रममुक्त घोषणाका लागि ६ वटा वडामा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेर बालश्रमिकलाई काममा नलगाउने प्रतिवद्धता लिएका छौ,” उहाँले भन्नुभयो “बालश्रमिक भेटिएमा र अनाथ बालबालिकाहरुको ब्यवस्थापनका लागि बालगृहसँग सम्झौताको तयारी पनि गरिएको छ ।”
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको रु. तीन लाख बजेटबाट वडा नम्बर १, २, ३, ४, ५ र ६ मा जनप्रतिनिधी, राजनीतिक दल, विद्यालय, निर्माण ब्यवसायी, होटल ब्यवसायी, अगुवा, बाल क्लव र अधिकारकर्मीहरुसँग अन्र्तक्रिया गरिएको छ । वडा न. ७ र ८ मा गाउँपालिकाको साझेदारीमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा सहभागीहरुले बालश्रमिकको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण बालश्रमको जोखिममा रहेका बालबालिकाहरुको पहिचान गरि पढाईलाई सहयोग पु¥याउन भोला, पोशाक र शैक्षिक सामग्री बितरण गर्ने र अभिभावकलाई सिपमुलक तालिम उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
घोषणालाई निरन्तरता र कायम राख्नका लागि बालश्रमको जोखिममा रहेका बालबालिकाका अभिभावकलाई सिपमुलक तालिम दिएर आयआर्जनमा संलग्न गराउने नीति लिएको उहाँले बताउनुभयो । बिद्यालय उमेर समूहका सबै बालबालिकाले शिक्षाको अवसर पाएका र श्रमिक नभएको तथ्याङ्क संकलन भएपछि बालश्रम प्रयोग नगर्ने र गरिएमा कारबाही गर्ने नीतिगत निर्णयका साथै सन्देशमुलक कार्यक्रम सञ्चालन गरिएको हो ।