खहरेखोलामा लक्ष्य अघिनै पुल निर्माण, निर्माण व्यवसायीलाई सम्मान

Gandaki Kotihome

दमौली, । तनहुँको आबुुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडाको सिमाना खहरे खोलामा सडक पुल निर्माण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि भिम ज्योती–छिम्केश्वरी जेभी भरतपुुर ७ चितवनसँग रु. दुई करोड ६२ लाख ५७ हजार ७६७ मा ठेक्का सम्झौता भएको थियो ।

बि.स. २०८२ वैशाख ५ गतेसम्म ठेक्का सम्झौताको म्याद भएको आयोजना लक्ष्य भन्दा करिब ११ महिना अघिनै गत जेठ ५ गते निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तहहँका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

लक्ष्य अघिनै पुल निर्माण गर्ने कम्पनीका प्रतिनिधी शेरबहादुर गुरुङलाई सोमबार दमौलीमा पूूर्वाधार विकास कार्यालयले उत्कृष्ट निर्माण व्यवसायीको रुपमा सम्मान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका योजना अनुुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख तथा सिनियर डिभिजनल ईञ्जिनियर रामकुमार श्रेष्ठ र कार्यालय प्रमुख आचार्यले प्रशंसापत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

निर्धारित समय अगावै तोकिएको गुुणस्तरको काम गरेका निर्माण ब्यवसायीका सञ्चालकलाई प्रोत्साहनका लागि उत्कृष्ट निर्माण ब्यवसायीको रुपमा सम्मान गरेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । मन्त्रालयका योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख श्रेष्ठले निर्माण ब्यवसायीको इच्छाशक्ति, चुस्त ब्यवस्थापन, कार्यालयको समन्वय, सहजिकरण तथा कार्यक्षेत्रमा काम गर्ने वातावण भएमा विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश खहरे खोलाको सडक पुुल निर्माण योजनाले प्रवाह गरेको बताउनुभयो ।

निर्माण ब्यवसायी गुरुङले सम्झौता लगत्तै कार्यस्थलमा परिचालित भई पर्याप्त मजदुुर, उपकरण परिचालन, निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै पुल निर्माण गरेको बताउनुुभयो । कार्यालय, मन्त्रालय, जनप्रतिनिधी र समुदाय स्तरबाट पनि काम गर्ने वातावरण बनाएकाले सजिलो भएको उहाँको भनाई छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...