बेनपा ९ कालीमुलको जंगलमा मानव कंकाल फेला

Add Samajik bikash office

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंगलमा गाडीएको अवस्थामा मानव कंकाल फेला परेको छ ।

शव गाडीएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो ३ बजे कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधीहरुलाई खबर गरेका थिए ।

घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परिक्षणका लागि बिधी विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताउनुुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीहरुलाई सोमबारनै परिक्षणका लागि पठाउछौ,” उहाँले भन्नुभयो “अनुुसन्धानको कामलाई पनि सँग सँगै अघि बढाएका छौ । कंकाल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरुको खोजीमा केन्द्रित भएका छौ ।”

२०८० पुष १६ गते राती घरबाटै वेपत्ता भएकी बेनी नगरपालिका –९ घतानकी १९ वर्षीय मिना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुुगेका मिनाका आफन्तहरुले गहना र कपडा मिनाकै भएको दावी गरेका छन् । मिनाको हत्या पछि जंगलमा शव गाडीएको हुन सक्ने आफन्तहरुको भनाई छ

मिना परियारलाई वेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका ९ का एक युवालाई अदालतको आदेश अनुसार र्पुुपक्षका लागि कारागार चलान गरिएको छ । वेपत्ता मिना, कंकाल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धको विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठको भनाई छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...