कालीगण्डकीको छाल घिरच्याङको कुखुरा फार्ममा पस्यो

khali

बेनी,

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीको छालले कुखुरा फार्ममा क्षति पुगेको छ ।

अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जको भिरबाट शनिबार बिहान कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि तथा पशुुपंक्षी फार्ममा छाल आएको हो ।

Shreekrishna hardwear in news
khali

अन्नपूर्ण–६ का वडा अध्यक्ष रामबहादुर खड्काले राती २ बजे कटुञ्जे भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छाल कुखुुराको खोरमा क्षति पु¥याएको बताए । खोरमा ८०० ब्रोइलर जातका कुखुरा थिए ।

दुुई वटा कुखुुराको खोर छालले भत्काएको छ । बिक्री गर्ने समय भएका अधिकांश कुखुरा मरेका सञ्चालक गोपाल खत्रीले बताए ।

कुखुरालाई खुवाउन राखेको ८ बोरा दाना पनि नष्ट भएको छ । छालले वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपारेको छ ।

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथि सम्म छाल आएको थियो । जनप्रतिनिधी र प्रहरीको टोलीले १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...