भानु माविले दश जोड दुई तह स्थापना दिवस मनायो

Add Samajik bikash office

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविले दश जोड २ तहको १३ औ वार्षिकोत्सव मनाएको छ ।

स्थापना दिवसको अवसरमा कक्षा ११ र १२ अध्ययन गर्ने १० जना विद्यार्थीहरुलाई निशूल्क पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण गरिएको छ । ४ जनालाई शुक्रबार वितरण गरिएको र बाँकीलाई विद्यालय उपस्थित भएको दिन वितरण गरिने विद्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

भिमकुमारी महत स्मृति अक्षयकोषका संचालक हाल अमेरिका निवासी सवी थापा र ईन्द्रबहादुर थापाले रु. १३ हजार सहयोग गर्नुुभएको थियो ।

Shreekrishna hardwear in news

भिमकुमारी महत स्मृति अक्षयकोषका अध्यक्ष एवम् मावि उच्च मावि तह संचालन संस्थापक संयोजक नेत्रबहादुुर महतको अध्यक्षता, पुर्व सहायक प्रअ एकिन्द्र बहादुर महतको सञ्चालन र वडा अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सस्थापक प्राचार्य भरत खत्रीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रअ दिनेश बोगटीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सवि थापाले बेनी नगरपालिका ४ थामडाडाको भृकुटी आधारभूत विद्यालयमा पनि रु. १ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...