म्याग्दी क्याम्पसले शैक्षिक सेमिनार गर्ने

Add Samajik bikash office

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले यही साउन ३२ र भदौ १ गते बेनीमा उच्च शिक्षाको वर्तमान अवस्था ः चुनौती र अवसर विषयक राष्ट्रिय स्तरको शैक्षिक सेमिनार गर्ने भएको छ ।

क्याम्पसमा २ दिनसम्म सञ्चालन हुने सेमिनारमा नेपालको उच्च शिक्षाको अवस्था, चुनौती र समाधानका उपायका विषयमा कार्यपत्र प्रस्तुत र बहस गरिने भएको छ ।

Bhautik ministry notice about road

उच्च शिक्षा नीति, उच्च शिक्षाको चुनौति, शिक्षाको गुणस्तर सुनिश्चितता, सेमेष्टर र मेनुअल प्रणाली, विद्यार्थी मूल्याङ्कन र परिक्षा प्रणाली, उच्च शिक्षामा शुसासन, संकायको कार्यक्रम विकास, अध्यापन बिधीमा प्रबिधीको प्रयोग, सामाजिक सञ्जाल र उच्च शिक्षा, विद्यार्थी पलायनका विषयमा छलफल गरिने कार्यक्रम संयोजक टिकाराम सापकोटाले बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रमका लागि क्याम्पसले पुर्व क्याम्पस प्रमुख सापकोटाको संयोजकत्वमा प्राध्यापक नारायण पौडेल र बिष्ण आचार्य सदस्य रहेको समिति बनाएको छ । त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. बासुदेव काफ्ले प्रमुख अतिथि रहने कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. मिन पुन र विश्व विद्यालय अनुदान आयोगका नारायण भण्डारी पनि सहभागी हुनुहुनेछ् ।

म्याग्दी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले उच्च शिक्षाको समस्या र समाधानका उपाय पहिचान गरि नीति निर्माण तहमा सुझाव दिइने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका सदस्य मिनबहादुर कार्कीले म्याग्दी क्याम्पसले नियमित पठनपाठनका अलावा सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...