पश्मिनाजन्य कच्चा पदार्थको अनधिकृत चोरी निकासी नियन्त्रण गर्न माग

Gandaki Kotihome

बेनी, ः नेपाल पश्मिना उद्योग संघले ऊनी तथा पश्मिनाजन्य कच्चा पदार्थको अनधिकृत चोरी निकासी नियन्त्रण गर्न माग गरेको छ ।

मुस्ताङ, डोल्पा, दार्चुला, मुगु, हुम्लालगायत जिल्लाहरुमा उत्पादित कच्चा पदार्थको अनधिकृत चोरी निकासी हुँदा नेपालका पश्मिना उद्योगहरु समस्यामा परेका संघले जनाएको छ । संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चा पदार्थ भुवाको चोरी निकासीका कारण राज्य र उद्योगी दुवैलाई नोक्सानी भएको बताउनुभयो ।

“ऊनी तथा पश्मिनाजन्य सामान नेपालबाट बिदेश पठाउन नपाइने नियम उल्लङघन गरेर चिनिया ब्यापारीले अबैध रुपमा भुवा लगेर फेरी नेपाली उद्योगीहरुलाईनै बेच्ने गरेका छन्,” उहाँले भन्नुभयो “नेपालका उद्योगीहरुले कृषकहरुबाट सोझौ कच्चा पदार्थ खरिद गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हौ ।”

Upper Myagdi transmition line notice

संघको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभागले हालै जिल्ला प्रशासन र भन्सार कार्यालयहरुलाई पश्मिनाजन्य कच्चा पदार्थको अनधिकृत चोरी निकासी नियन्त्रणका लागि परिपत्र गरेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गृह मन्त्रालयको परिपत्र अनुसार कोरला नाकाबाट भुवाको अनधिकृत चोरी निकासी नियन्त्रणका लागि निगरानी बढाइएको बताउनुभयो ।

Annapurna aarohan ko notice

“पश्मिना उद्योगीहरुको गुनासो र मन्त्रालयको परिपत्र अनुसार कोरला नाकामा निगरानी बढाएका छौ,” उहाँले भन्नुभयो “कोरोना महामारी अघि चिनतर्फ पश्मिना लैजाने गरेपनि पछिल्लो समय तयस्तो नभएको हामीले अध्ययनका क्रममा पाएका छौ ।”

च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु. तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

बिदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो । संघले मुस्ताङबाट वार्षिक २ मेट्रिक्टन भुवा संकलन गरेर लैजाने गरेको छ ।

नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...