हिदीमा खानेपानी आयोजना निर्माण

khali

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको रु. ४६ लाख ८४ हजार २५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजना मार्फत ६४ वटा घरमा १÷१ र स्थानीय सिद्ध शान्ति माविमा २ वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताउनुभयो ।

“सबै घरमा मिटर सहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ,” उहाँले भन्नुभयो “खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको छ ।”

Shreekrishna hardwear in news

हिदी मंगला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ति हो । त्यहाँका बासिन्दाहरुले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइप मार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । ब्यवस्थित रुपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ ।

khali

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । आयोजनाको दिगो सञ्चालनका लागि महशुुल निर्धारण र हेरालुको व्यवस्था गर्ने उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो ।

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका ३ वटा मुहानको पानीलाई ३ वटा टंकीमा संकलन गरि ८ हजार २०० मिटर पाइप लाइन मार्फत वितरणको व्यवस्था मिलाइएको छ । आयोजना निमाणका लागि नेवा संस्थाले रु. २२ लाख २० हजार ९४३ र मंगला गाउँपालिकाले रु. १० लाख ६४ हजार २६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्ख बहादुर शाहीले बताउनुभयो ।

रु. १२ लाख ६ हजार ५३७ बराबरको श्रमदान गरेका उपभोक्ताहरुले रु. १ लाख ९२ हजार ५०८ नगद पनि लगानी गरेका छन् । नेवा, मंगला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०÷०८१ मा हिदी सहित मंगलाको ¥यालेखोर–खुम्लीया–भाइवाङ र खानीगाउँमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

खुम्लीया, ¥यालेखोर र भाइवाङका १०० घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । ¥यालेखोरको आयोजना लिफ्ट प्रबिधिको हो । खानीगाउँका ३७ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...