चार हजार ६४५ मिटर उचाईमा गल्फ प्रतियोगिता

khali

पोखरा ः समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ ।

लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दावी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ २ पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो ।

आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीहरुले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । “उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउछौ,” उहाँले भन्नुभयो “विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ ।”

प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि निमन्त्रण गरिएको छ । होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने बिष्टले बताउनुभयो ।

गल्फ प्रतियोगितामा याक पुरस्कार दिने अनौठो र चाखलाग्दो अभ्यास गर्न लागेको बिष्टले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु. ७ लाख खर्च हुने अनुमान गरिएको छ । २ वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्य सहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसअघि भारतको सिक्किममा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मान्ने गरिएको थियो । लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजार देखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ । करिब ३ किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।
गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स लगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...