मोना अस्ट्ेलीयालाई नाई संस्थाको सम्मान

Gandaki Kotihome

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयालाई नाई संस्थाले सम्मान गरेको छ ।

प्रवासमा नेपाली समुदाय बिच खेलकुद र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नाई संस्थाले मोना अस्टे«लीयालाई सम्मान गरेको हो ।

Annapurna aarohan ko notice

नाई संस्थाका अध्यक्ष रिमा रोसी र एनआरएनए अस्टे«लीयाका अध्यक्ष अनिल पोख्रेलले मोना अस्टे«लीयाका संस्थापक अध्यक्ष उत्तम पुन र वर्तमान अध्यक्ष इन्द्र थापा मगरलाई शनिबार भएको कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Upper Myagdi transmition line notice

अस्टे«लीयामा रहेका म्याग्देलीहरु आवद्ध मोना अस्टे«लीयाले त्यहाँ रहेका म्याग्देली सहित नेपालीहरुलाई अप्ठ्यारो अवस्थामा सघाउने, खेलकुद प्रतियोगिता, जिल्लाको विपद् ब्यवस्थापन, पर्यटन प्रर्वद्धन लगायत सामाजिक काममा सघाउदै आएको छ ।

सम्मानले सामाजिक काम र प्रवासी नेपाली तथा म्याग्देलीहरुको लागि थप काम गर्न प्रेरित गरेको मोना अस्टे«लीयाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले सम्मानप्रति नाई संस्थाप्रति धन्यवाद पनि ज्ञापन गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस