ढुङ्गाना प्रतिष्ठानको वंशावली

Add Samajik bikash office

बेनी, । म्याग्दीमा बसोबास गर्ने ढुङ्गानाहरुलाई वंशावली वितरण गरिएको छ ।

ढुङ्गाना प्रतिष्ठान नेपालले प्रकाशन गरेको बंशावली गण्डकी प्रदेश समितिको टोलीले शुक्रबार अर्थुङ्गेमा आयोजित कार्यक्रममा म्याग्दीका सदस्यहरुलाई वितरण गरेको हो ।

नेपालमा रहेका ढुङ्गानाहरुको इतिहाँस देखि वर्तमान सम्मको सबै विवरण समेटेर वंशावली प्रकाशन गरेको प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष डा. दिर्घनारायण ढुङ्गानाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अछामबाट देशका विभिन्न भागमा बसाई सराई गरेर पुगेका हंशराज भट्टका सन्तती ढुङ्गानाहरुको इतिहाँका रुपमा वंशावली रहने बताउनुभयो ।

ढुङ्गाना प्रतिष्ठान म्याग्दीका अध्यक्ष मुक्तिप्रसाद ढुंगानाको अध्यक्षता र सचिव हरिप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वंशावली वितरण गर्नुका साथै सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

वंशावली प्रकाशनका लागि म्याग्दीका ढुङ्गाना बन्धुहरुले रु. एक लाख ५३ हजार सहयोग गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...