अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

Gandaki Ghumau

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ ।

संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म पु¥याउन सहज होस् भनेर गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

“कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ,” उहाँले भन्नुभयो “कार्यविधि बनाएर केही दिनभित्रमा सञ्चालनमा ल्याउने तयारी गरेका छौ ।” उहाँका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०–०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको रु. १९ लाख ८० हजार र गाउँपालिकाको रु. १७ लाख ३२ हजार खर्च भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

रु. २५ लाख ७० हजारमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा रु. दश लाख ४२ हजार खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । सिङ्गल क्यापको बोलेरो जिप खरिद गरी कृषि उपज सढ्नेगल्ने नहोस् भनेर एसी समेत जडान गरिएको छ ।

किसानले उत्पादन गरेको दुध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पु¥याउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ,” उहाँले भन्नुभयो “कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउन पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ ।”

कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उहाँले बताउनुभयो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...