ललितालाई मिस नेपालमा बिजयी गराउन म्याग्दीबासीको सक्रियता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा छनौट भएकी म्याग्दीकी ललिता शेर्बुजा मगरले संस्कृति र पर्यटनसँग सम्बन्धित विषयलाई महत्व र प्राथमिकता दिनुभएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जन्मिएकी ललिता मिस नेपाल प्रतियोगितामा सहभागी हुन अस्टे«लीयाबाट नेपालमा आउनु भएको हो ।

मिस नेपाल २०२४ का लागि शेर्बुजा सहित २६ जना प्रतिस्पर्धी रहेका छन् । उनिहरुको प्रस्तुति र विभिन्न बिधामा हुने मूल्याङ्नको साथै भोटिङ पनि खुल्ला रहेको छ । डिजिटल कारोबारको माध्यम खल्ती खाता मार्फत १५ नम्बरकी प्रतिस्पर्धी ललितालाई भोट गर्न सकिन्छ । भोटिङ गर्ने अन्तिम मिति अगस्त ३ तारिक समम रहेको छ ।

Shreekrishna

ललिताले म्याग्दीको मौलिक लोक संस्कृति र पर्यटन प्रर्वद्धनका विषयलाई प्राथमिकता दिएकी छिन् । म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्गोज पदमार्गमा सार्वजनिक शौचालय, खानेपानी निर्माण गर्नुभएको छ ।

ललितालाई मिस नेपालको ताज पहिराउनका लागि म्याग्दीका जनप्रतिनिधी देखि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले अपिल गर्दै अभियान चलाएका छन् । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार सामाजिक सञ्जाल मार्फत अपिल गरेर ललिताका लागि भोट माग्नु भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमिति, मोना अस्टे«लीया, बेगखोला कल्याणकारी समिति बेलायत लगायतका संघ संस्थाहरुले पनि ललितालाई भोटका लागि अपिल गरेका छन् ।

MISS NEPAL 2024 ( प्रतियोगी नं १५) श्री ललिता शेर्बुजा मगरलाई तलको LINK मा गएर भोट गर्न सकिन्छ ।

( VOTING गर्ने अन्तिम मिति ; ( AUGUST 3 )

https://khalti.com/thirdparty-apps/..

( VOTING गर्ने अन्तिम मिति ; ( AUGUST 3 )

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...