जोमसोम, मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराबिद् संजय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समरमा नेपालमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् संघले जनाएको छ ।
नेपाल वर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले फेला पारेको तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । क्उयततभम ँथिअबतअजभच अंग्रेजी नाम भएको यस चराको वैज्ञानिक नाम ःगकअष्अबउब क्तचष्बतब (एबििबक,ज्ञठटद्ध) हो ।
समुन्द्रि सतहदेखि ३ हजार ६५० मिटर उचाईमा यही साउन २ गते बिहान ८.५४ मा पदयात्रामा गएका श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाउनु भएको थियो ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्हरुसँगको रायसुझावको आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरि नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको नेपाल वर्ड रेकर्ड कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
तालु धर्से अर्जुनक सहित नेपालमा चरा प्रजातिको संख्या ८९६ वटा पुगेको छ । अर्जुनक प्रजातिहरुको संख्या २४ पुगेको छ । नेपालबाट सवैभन्दा नजिक मंगोलिया, उत्तरी चीनको विभिन्न ठाउँहरु, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।
जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाई सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाई सराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराबिद् संजय था श्रेष्ठले बताउनुभयो ।
“देशका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको छ,” वाइल्डलाइफ फोटोग्राफर श्रेष्ठले भन्नुभयो “यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।” नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गर्नुभएको थियो ।