रुममा ३ वटा खानेपानी आयोजना निर्माण

Add Samajik bikash office

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन् ।

ठूलोरुम खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । बिलबाङ र कलात भनारी खानेपानी तथा सरसफाई आयोजनाको बिहिबार उद्घाटन गरिएको थियो ।

Shreekrishna hardwear in news

रुम गाउँमा भएको आयोजना उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा अध्यक्ष उदयबहादुर बुढाथोकी, नेवा संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । आयोजनाको उद्घाटनका साथै सार्वजनिक र सामाजिक परिक्षण पनि गरिएको थियो ।

रु. १ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाई आयोजना मार्फत २७० घरधुरीका १ हजार ४२३ जनसंख्या लाभान्वित भएका नेवा संस्थाका प्राविधिक कुशल थापाले बताउनुभयो । ५ हजार ६०० मिटर मुख्य र १७ हजार ९०० मिटर शाखा पाइपलाइन रहेको आयोजनाबाट वडा कार्यालय र स्वास्थ्य संस्थामा पनि धारा जडान गरिएको छ ।

नेवाको रु. ५६ लाख ५८ हजार ६२१, गाउँपालिकाको रु. २० लाख ३६ हजार २६० लगानी भएको आयोजना निर्माणका लागि रु. २८ लाख ७४ हजार ५३५ बराबरको श्रमदान गरेका उपभोक्ताले रु. ९ लाख ३८ हजार बराबरको श्रमदान गरेका छन् ।

Bhautik ministry notice about road

नेवा संस्थाको रु. १८ लाख ६७ हजार १६७ र गाउँपालिकाको रु. ६ लाख ७२ हजार १२ लगानी भएको बिलवाङ खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि रु. ९ लाख ३४ हजार ११७ बराबरको श्रमदान गरेका उपभोक्ताले रु. १ लाख ९२ हजार ५०८ नगद संकलन गरेका थिए ।

४ वटा मुहानको पानी संकलन गरि ५ हजार ३०० मिटर पाइपलाइन मार्फत ६४ वटा घरमा धारा जडान गरिएको यस आयोजनाबाट ३६२ जनसंख्या लाभान्वित भएका छन् । बिलवाङखोला खानेपानी तथा सरसफाई आयोजना निर्माणमा कुल रु. ३६ लाख ६५ हजार ८०४ लगानी भएको छ ।

कुल रु. ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाई आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ ।

नेवा संस्थाको रु. १६ लाख ४२ हजार ६३१, मालिका गाउँपालिकाको रु. ७ लाख ३६ हजार ७४४ लगानी भएको यस आयोजना निर्माणका लागि रु. ९ लाख ३८ हजार ८८३ बराबरको श्रमदान गरेका उपभोक्ताहरुले रु. २ लाख ५५ हजार ५०० नगद संकलन गरेका थिए । ४ हजार ६०० मिटर लामो पाइपलाइन रहेको यस आयोजना मार्फत ७४ वटा धारा निमाृण भएको छ ।

यसअघि बिहिबार मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा रु. ३२ लाख ९७ हजार ७३२ को लागतमा निमाृण भएको खानेपानी आयोजना उद्घाटन गरिएको थियो । सो आयोजनाबाट ५६ घरधुरी, १ विद्यालय, १ स्वास्थ्य चौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडा अध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो ।

३३४ जनसंख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ ।

धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ । स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको छ । नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...