बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

Gandaki Kotihome

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ ।

संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३ देखि समावेश भएको म्याग्दीको २ वटा स्थानीय तहका ६ वटा वडाका २ हजार ५ सय भन्दा बढी घरधुरीलाई खानेपानी सुविधा पु¥याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजनाको हालै ठेक्का सम्झौता भएपछि निर्माणको चरणमा प्रवेश गरेको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले रु. ३५ करोड ६३ लाख ३९ हजार ७२७ लागत अनुमान गरिएको योजनाको जिएटिआरसी–प्यागोडा–सासा जेभीसँग रु. २८ करोड ५० लाख १२ हजार ७५५ मा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

६ वटा निर्माण कम्पनी सहभागी ठेक्का प्रतिस्पर्धामा योग्य ठहर भएका ५ मध्य सबैभन्दा कम रकम कबोलेको कम्पनीसँग सम्झौता भएको हो । वि.स. २०८१ असार २४ गते सम्झौता भएको योजना वि.स. २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत आर्थिक वर्षमा रकमान्तर भएको सहित रु. २ करोड ८० लाख बजेट प्राप्त भएको यस आयोजनाका लागि यस वर्ष रु. ३ करोड बिनियोजन भएको छ ।

बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी वि.स. २०७३ मा परिकल्पना गरिएको बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण भएको थियो । यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र संघीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीको गौरवको आयोजनाको सूचिमा समावेश गरेको छ ।

Notice about ban dadalo

२ हजार ३६९ घरधुरीमा खानेपानी वितरण हुने आयोजना मार्फत १६ हजार १८६ जनसंख्या लाभान्वित हुने आयोजनाका ईञ्जिनियर नविन सुवेदीले बताउनुभयो । ठेक्का सम्झौता गरेका व्यवसायीले पाइप लगायत निर्माण सामग्री खरिद गरेका र आगामी भदौ महिनादेखि काम थाल्ने जनाएका छन् ।

रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले बताउनुभयो ।

मुहान, ७६.२९ किलोमिटर मुख्य र ८६.२४ किलोमिटर वितरण पाइपलाइन, पानी प्रसोधन पलान्ट लगायतका संरचना ठेक्का मार्फत निर्माण गर्न लागिएको हो । कुल रु. ४८ करोड १६ लाख ५० हजार लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागीता उपभोक्ताहरुको रहनेछ् । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपाकिलाले स्रोत सुनिश्चतता गरेका छन् ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको प्रयासमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

“रु. ४८ करोड लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरेपनि डिपिआर स्विकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुन सकेको थिएन,” उहाँले भन्नुभयो “गत फागुनमा अर्थ मन्त्रालयले रु. ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आव्हान गरेर कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...