म्याग्दीका थप एक हजार चार सय घरधुरीमा विद्युत विस्तार

Add Samajik bikash office

बेनी, ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा १ हजार ४०० सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका सूचना अधिकारी प्रकाश झाले थप ११ वटा नयाँ ट्रान्सफर्मर जडान गरेर बिद्युत वितरण गरेको जानकारी दिनुभयो ।

“म्याग्दीका शतप्रतिशत घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने कार्यक्रम मार्फत ११ वटा बस्तिका ९४५ घरधुरीमा बिजुली बालेका छौ,” उहाँले भन्नुभयो “यसअघि बिद्युतिकरण भएका बस्तिमा थप ४९३ घरमा यसपाली मिटर जडान भएको छ ।”

Shreekrishna hardwear in news

मालिका गाउँपालिका–६ दुखुका ९९, रघुगंगा–७ चिमखोलामा ६५, ८ मंगलेका २३, धवलागिरी–६ मराङमा १०३, मालिका–२ रुममा २५६, धवलागिरी–३ दरमा ७६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, मालिका–४ ओखरबोटमा १०२, मालिका–१ छिस र रिठेचौरका ११७ घरधुरीमा नयाँ मिटर जडान भएको झाले बताउनुभयो ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा विजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।

यस वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार ८२१ विद्युतका ग्रहाक पुगेका छन् । आर्थिक वर्ष २०७९÷८० मा १२३८ र २०७८÷७९ मा ७७० घरधुरीमा नयाँ लाईन जडान भएको थियो ।

Bhautik ministry notice about road

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत बितरण हुदै आएको छ । गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत रु. २२ करोड ५५ लाख २४ हजार २१ म्हशुल संकलन भएको छ ।
समयमा महशुल नबुझाउने ३७८ ग्राहकको लाइन काटेर रु. ३६ लाख ३ हजार ९६० बक्यौता असुल गरिएको छ । ६० दिनसम्म महशुल नतिर्नेको लाइन काट्ने र छ महिना सम्म महशुल नबुझाउनेलाई कालोसुचिमा राखिने प्राधिकरणले जनाएको छ ।

समयमा वास्तविक मिटर रिडिङ र अभिलेखमा एकरुपता तथा लाइनको शुदृढीकरणसँगै लक्ष्य भन्दा बढी विद्युत चुहावट नियन्त्रण गरिएको प्राधिकरणका वितरण केन्द्र प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।

चुहावट नियन्त्रणको लक्ष्य १२.७० रहेकोमा लक्ष्यभन्दा बढी १२.२५ प्रतिशत कायम गरिएको सहायक लेखा अधिकृत श्याम रानाले बताउनुभयो । उहाँका अनुसार महशुल संकलन समयावधी १८ दिनको लक्ष्य दिएकोमा १५ दिनमै पुरा भएको छ । शत प्रतिशत महशुल संकलन गर्ने लक्ष्य रहेकोमा १००.१९ प्रतिशत संकलन भएको रानाले बताउनुभयो ।

प्राधिकरणले १२.०७ प्रतिशत चुहावट नियन्त्रणको लक्ष्य दिएकोमा म्याग्दीमा १२.७० प्रतिशत नियन्त्रण भएको उहाँले बताउनुभयो । महशुल संकलन पनि लक्ष्य भन्दा बढी गरिएको उहाँले बताउनुभयो ।

नयाँ आर्थिक वर्षमा धवलागिरी गाउँपालिकाको लुलाङ, खोरीया, लमसुङ, मरेनी, बुल, मलम्पार, खिवाङ, मल्कवाङ, भेडिखाल्टा, मालिकाको बेली, जेम, च्युरीबोट, रघुगंगाको कुइनेखानी लगायतका ठाउँमा विद्युतीकरण गर्ने तयारी भएको छ । धवलागिरीको दुर्गम अर्चे गाउँमा विद्युतीकरणका लागि प्राधिकरणको प्रदेश कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल पुनहिलमा विद्युतको पोल गाड्ने र तार तान्ने काम भएपनि मिटर जडान नहुँदा बिजुली बलेको छैन् ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न गत वर्ष रु. २० करोड बजेट बिनियोजन भएको थियो । यो योजना मार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

४७.६ किलोमिटर मुख्य र १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु. तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सो ठेक्का मार्फत हाल विद्युतीकरणको काम भैरहेको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...