अन्नपूर्णको प्रवेश बिन्दु हुमखोलामा मन्दिर निर्माण

Add Samajik bikash office

सुरेन गुरुङ
हुमखोला (नारच्याङ), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुमखोलामा मन्दिर निर्माण भएको छ ।

अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको पैदलयात्रा हुमखोलाबाट शुरु हुन्छ । नारच्याङ देखि हुमखोला सम्म सडकमा यात्रा गर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा निलगिरीखोला जलविद्युत आयोजना, ठेकेदार कम्पनी सिई कन्ट्रक्सन र दाताहरुको चन्दा सहयोगमा मन्दिर निर्माण भएको हो ।

मन्दिरको कार्यवाहक वडा अध्यक्ष भिमबहादुर शेरपुञ्जा, निलगिरीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक निलगिरीखोला हाइड्रोपावरका आयोजना व्यवस्थाक रतन बमजम, सिइ कन्ट्रक्सनका मालारानी स्थित कार्यालयका प्रमुख शुशिलबहादुर न्यात्सो र निलगिरीखोला सरोकार समितिका अध्यक्ष तमबहादुर चोचाङ्गीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मन्दिरमा सिद्ध र शिव महादेवको मुर्ति राखिएको छ । २ वर्षअघि शुरु भएको मन्दिर निर्माण कार्यले पुर्णता पाएपछि वौद्ध धर्मावलम्बीहरुलाई लक्षित गरेर वौद्ध स्तुपा निर्माण गर्न आर्थिक स्रोत संकलन भइरहेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

परापुर्वकालमा स्थानीयबासीहरुले पुजाआज गरेको, बुढापाको भनाई र धर्मगन्थ्रहरुमा अन्नपूर्ण र निलगिरि हिमालको फेदीमा रहेको हुमखोलालाई सिद्ध महादेवको बासस्थानको रुपमा ब्याख्या गरिएकाले मन्दिर स्थापना गरिएको गुरुङले बताउनुभयो । अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गलाई धार्मिक पर्यटकहरुको पनि गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...