मालिकाको डाडागाउँमा खानेपानी आयोजना निर्माण

Add Samajik bikash office

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा खानेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको श्रमदानमा निर्माण भएको हो । आयोजनाबाट ५६ घरधुरी, १ विद्यालय, १ स्वास्थ्य चौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडा अध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

रु. ३२ लाख ९७ हजार ७३२ को लागतमा निर्माण भएको आयोजनाबाट ३३४ जना लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ ।

Shreekrishna hardwear in news

स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ । नेवाको रु. १७ लाख ४० हजार ८१३, गाउँपालिकाको रु. ६ लाख २ हजार ६४९ लगानी भएको आयोजना निर्माणका लागि रु. १ लाख ६८ हजार ६९३ नगद संकलन गरेका उपभोक्ताहरुले रु. ७ लाख ८५ हजार ५७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाको बिहिबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुनले उद्घाटन गर्नुभएको थियो । उपाध्यक्ष पुनले स्वच्छ र स्वच्छ खानेपानी सुविधामा पुहुँच बढाउन नेवासँगको साझेदारीमा डाडागाउँमा सहित मालिका गाउँपालिकामा ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...