जलजलाका लक्षित समुदायलाई निशूल्क एम्बुलेन्स सेवा

Shreekrishna hardware

बेनी, । पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ ।

गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । एम्बुलेन्स, विपद् ब्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई ब्यवस्थापन गर्न लामाखेत स्थित गाउँपालिका कार्यालय परिसरमा स्थापना भएको सचिवालयको अध्यक्ष राजुप्रसाद आचार्यले बिहिबार उद्घाटन गर्नुभयो ।

Shreekrishna

“तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वस्थ्य अवस्थामा सूधार ल्याउन प्राथमिकता दिएका छौ,” उहाँले भन्नुभयो “जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीहरुले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपद् ब्यवस्थापन र सेवा प्रवाहमा सहजिकरण गर्ने व्यवस्था मिलाइएको छ । पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिका साथै एम्बुलेन्स चालकलाई २४ सै घण्टा सम्पर्क गरेर सेवा लिन सक्ने ब्यवस्था मिलाइएको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

प्रवासी नाग्लीवाङवासीहरुको सहयोगमा खरिद गरिएको ग १ झ ६१६ र भारतीय दुतावासले उपलब्ध गराएको ध १ झ ३७ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन भएको छ ।

सरकारले बनाएको मापदण्ड अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको र लक्षित समुदायलाई सेवा दिएको रकम सोधभर्ना गाउँपालिकाको कोषबाट गरिने प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

गाउँपालिकाको एम्बुलेन्स र ब्याकुहोलोडरलाई जिपिएस मार्फत सर्वसाधारणले पनि पत्ता लगाउन सक्ने प्रबिधी जडान भएको छ । निशूल्क एम्बुलेन्स सेवाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ५ लाख बजेट बिनियोजन गरेको छ । इच्छुक व्यक्तिहरुले एम्बुलेन्स सञ्चालक समितिको खातामा रहम जम्मा गरेर सहयोगका लागि पनि पनि गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...