बैसरीको भिरबाट खस्ने पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’

Add Samajik bikash office

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक दैनिकजसो अवरुद्ध बनाउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना सव ईञ्जिनियर सोहनजंग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पर्खाल निर्माण गरेर पहिरो रोकथामको काम थालिएको हो ।

Shreekrishna hardwear in news

रक एंकरिङ गर्न ३० मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाउने काम भैरहेको छ । अधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा गेगर खस्दा सवारी साधन पुरिने, यात्रुको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या छ ।

Bhautik ministry notice about road

गत वर्ष १ जनाको ज्यान गएको र एक वटा सवारी साधन पहिरोले पुरिएको थियो । गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर माथिबाट खस्ने पहिरो रोक्ने संरचना बनाउन लागिएको सवईञ्जिनियर कार्कीले बताउनुभयो ।

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि पहिरो खस्न रोकिएको थियो । चिन र भारत जोड्ने सबैभन्दा छोटो दुरिको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाहरुबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

वि.स. २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडीरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् । बैसरी लगायतका ठाउँको पहिरोले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...