४४ हजार जनाले सिंगा तातोपानी कुण्डमा स्नान गरे

khali

तातोपानी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा ४४ हजार जनाले स्नान गरेका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा लामो अवधीका लागि १९ हजार ४०३ जना बिरामी र छाटो अवधीका लागि २४ हजार ६०० जना पाहुना÷पर्यटकले स्नान गरेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्ने २ वटा फरक–फरक पोखरी रहेका छन् ।

Shreekrishna hardwear in news

रु. ३५० का दरले शूल्क तिरेर ७ देखि १० दिनसम्म उपचारका लागि स्नान गर्ने बिरामीहरुबाट रु. ६७ लाख ९१ हजार ५० र प्रतिपटक रु. १०० का दरले शूल्क तिरेर स्नान गर्ने पर्यटक तथा पाहुनाहरुबाट रु. २४ लाख छ हजार शूल्क संकलन भएको समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिनुभयो ।

khali

गत आर्थिक वर्षको साउन महिनामा ३७८, भदौमा ३२९, असोजमा १ हजार ५०, कात्तिकमा २ हजार १४८, मंसिरमा १ हजार ५५४, पुषमा १ हजार ४७८, माघमा २ हजार ४२४, फागुनमा ३ हजार ७९२, चैतमा ३ हजार ९९९, बैशाखमा १ हजार २७५, जेठमा ८७४ र असारमा ३०२ जनाले ७ देखि १० दिनसम्म स्नान गरेर उपचार गराएका थिए ।

भ्रमण आउने र जाडो याममा स्नान गर्नेहरुहरुको मंसिर देखि फागुन महिनासम्म घुइचो लाग्ने गर्छ । आर्थिक वर्ष २०७९÷०८० मा उपचारका लागि स्नान गराउन आएका १८ हजार जनाबाट रु. ६३ लाख र मनोरञ्जनका लागि स्नान गर्ने २५ हजार ८८४ जनाबाट रु. २५ लाख ८८ हजार ४०० प्रवेश शूल्क संकलन भएको थियो ।

बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानबाट बिरामीहरु स्नानका लागि आएका कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार) ले बताउनुभयो ।

तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाहरुले तिर्ने प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।
प्रवेश शूल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीहरुको तलब, भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वति माविका ५ जना निजी स्रोतका शिक्षकहरुको तबलभत्तामा खर्च गरिदै आएको समितिका कोषाध्यक्ष प्रेम श्रीसले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...