मुस्ताङको स्याङमा पर्यटन प्रर्वद्धन गर्न घोडा दौड र हाइ अल्टिच्युड भलिबल प्रतियोगिता

khali

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा आज सम्पन्न घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोट लाटुपका उज्वल सुनार बिजयी भएका छन् ।

जनकल्याण क्लवले आयोजना गरेको खिला महोत्सव अन्र्तगतको प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै नन्तुङ गुरुङले पालेको घोडा दौडाएर च्याम्पियन भएका सुनारले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगिताका संयोजक चन्द्र थकालीका अनुसार मार्फाको राजाखोला देखि स्याङको जनकल्याण आधारभूत विद्यालय परिसरसम्मको करिब ३ किलोमिटर दुरि सुनारले ७ मिनेटमा पार गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
khali

प्रतियोगितामा ७ मिनेट १२ सेकेण्डमा तोकिएको दुरि पार गरेका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ छेङ्गुरका पुनम पुनमगर र खिङ्गाका निमा डोर्जे गुरुङ तेस्रो हुनुभयो । पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताउनुभयो ।

महोत्सव अन्र्तगत भएको पर्वतीय हाइअल्टिच्युड पुरुष भलिबल प्रतियोगितामा ब्रर्दर युनाइटेड बिजेता र मुस्ताङ टाइगर उपबिजेता भएका छन् । ९ टिम सहभागी प्रतियोगिताको फाइनलमा ब्रर्दर युनाइटेडले मुस्ताङ टाइगरलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

भलिबलमा बिजेता र उपबिजेताले शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु. १ लाख ५० हजार र ८५ हजार हात पारेका छन् । उत्कृष्ट खेलाडी युनाइटेड ब्रर्दरका हिमाल सुनारीले रु. १० हजार नगद पुरस्कार पाउनुभयो । साउन ५ गतेदेखि शुरु भएको महोत्सवमा आर्चरी प्रतियोगिता, झाँकी, नृत्य र सांगितिक प्रस्तुति रहेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...