प्रदेश सांसद गौचन र अमेरिकामा रहेका म्याग्देलीहरुबीच भेटघाट

Add Samajik bikash office

बेनी, । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अमेरिकामा बसोबास गर्ने म्याग्देलीहरुसँग भेटघाट र अन्र्तक्रिया गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका जानुभएकी गौचनको स्वागतमा म्याग्दी समाज न्युयोर्कले शनिबार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । म्याग्दीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने गौचनसँग अमेरिकामा रहेका म्याग्देलीहरुले त्यहाँका नेपाली र म्याग्देलीहरुको अवस्था, समस्याका साथै जिल्लाको बस्तु अवस्था, प्रवासी र सरकारी निकायको साझेदारीमा गर्न सकिने कार्यक्रमहरुको विषयमा छलफल गरेका थिए ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गौचनले जिल्लाबासी र प्रवासीहरुको समस्यालाई नीतिगत रुपमा समाधानका लागि भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सांसद गौचनलाई समाजको गतिबिधी समेटिएको स्मारिका हस्तान्तरण गरिएको थियो । समाजले गर्ने कार्यक्रम सफल बनाउन सहजिकरण र समन्वयका लागि सांसद गौचनलाई समाजका पदाधीकारीहरुले अनुरोध गर्नुभएको थियो ।

सहभागीहरुले दिगो विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद जस्ता युवा लक्षित कार्यक्रममा रचनात्मक कार्यक्रममा भूमिका खेल्न सांसद गौचनलाई आग्रह गरेका थिए । सहभागीहरुले दिगो विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद जस्ता युवा लक्षित कार्यक्रममा रचनात्मक कार्यक्रममा भूमिका खेल्न सांसद गौचनलाई आग्रह गरेका थिए । समाजका महासचिव चयन्द्रबहादुर थापा क्षेत्री (प्रकाश)ले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ सल्लाहकार मनप्रसाद रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको अमेरिकाबाट रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...