गलेश्वरमा साउनको पहिलो सोमबार पौने चार लाख भेटि संकलन

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यसपालीको साउन महिनाको पहिलो सोमबार करिब पौने चार लाख भेटि संकलन भएको छ ।

मंगलबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यलयमा सोमबार भक्तजनले चढाएको भेटि गनिएको थियो । रु. ३ लाख ७२ हजार ३७२ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, आमा समूह, युवा क्लव, प्रहरी चौकी र बैंकका प्रतिनिधीहरुले करिब ३ घण्टा भेटि गनेका थिए । गलेश्वरमा मेलापर्वको भोलीपल्ट र अन्य समयमा हरेक महिनाको अन्तिम दिन भेटि गनेर सार्वजनिक गर्ने गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गलेश्वरमा पहिलो सोमबार २० हजार जना भक्तजनले पुजाआजा र दर्शन गरेको कोषले जनाएको छ । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ ।

साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । मुक्तिनाथ प्रवेशद्धारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टान माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । मंगलबार मन्दिर परिसर सरसफाई पनि गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...